पाल्पामा जिप दुर्घटना ६ को मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । जिल्लाको रानीमहल दरबार नजिकै जीप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना घाइते भएका छन् ।बाग्मती प्रदेशको ७२०९ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु हुनेमा तीन महिला, दुई बालक र एक पुरुष रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

मृत्यु हुनेको परिचय खुल्न बाँकी छ ।अहिले घटनास्थलमा अस्थायी प्रहरी चौकी रानीघाट, जिल्लाबाट गएको जनपथ प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close