अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई कोरोना पुष्टि

प्रशासनको कामकाज नरोकिने

सागर महत असोज १६,अर्घाखाँची ।
अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी सहित ६ जनामा कोरोना पुष्टि भएको छ। पुष्टि हुनेमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा, दुईजना स्वास्थ्यक्रमी र अन्य दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।
यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले आफुलाई कोरोना पुष्टि भएको बताउनु भएको छ । प्रशासन कार्यालयमा दुईजना सहायक प्रमुख जिल्ला अधिकारीमध्ये  बिक्रम थापालाई मात्रै कोरोना पुष्टि भएकोले प्रशासनबाट हुने काम नरोकिने बताउनु भएको छ।
जिल्लामा हालसम्म ४ सय ७ जना कोरोना संक्रमित मध्ये कोरोना निको भएर ३ सय ८९ जना डिस्चार्ज भएका छन्। अब सक्रिय कोरोना संक्रमित संख्या १४ रहेको छ। कोरोनाका कारण जिल्लाभर ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो। भारत तथा छिमेकी जिल्लाबाट स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय २० रहेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close