नेकपाद्धारा बामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय

नेकपाको सचिवालय बैठकले राष्ट्रियसभामा रिक्त रहेको एक सिटमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रिक्त पदमा गौतमलाई पठाउने निष्कर्ष निकालेको जानकारी दिएका हुन्।
नेकपाको निर्णयसँगै गत आम निर्वाचनमा बर्दिया-१ बाट पराजित भएका गौतम अब राष्ट्रियसभा सदस्य बन्ने निश्चित भएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने एक पद अहिले रिक्त छ। उक्त पदमा गौतमलाई नेकपाले राष्ट्रिय सभा सदस्य चयन गर्न लागेको हो।
कमेन्ट गर्नुहोस !