प्राङ्गारिक मल बनाउने तालिम मालारानी गाउँपालिकामा सम्पन्न

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाको आयोजनामा प्राङ्गारिक मल बनाउने तालिम सम्पन्न भएका छ । गाउँपालिकाको खनदह र हंसपुर मा संचालन गरिएको तालिम मा पहिलो चरणमा ८७ जना कृषक सहभागीता रहेको थियो। दोस्रो चरणमा १३ जना कृषक लाई तालिममा समावेश गरेर तालिम दिएको गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।साथ मा प्रवृधी पनि हस्तान्तरण गरिएको हो ।
मुख्तय तालिममा गाई, भैंसी तथा अन्य जनावरको मल, काठको धुलो, खरानी, पिना, जनावरको हड्डीको धूलोमा आवश्यकताअनुसार आई पि एग्रो लिक्विड झोल राखी गुणस्तरीय प्राङ्गारिक मल बनाउन सकिने विधि सिकाइएको अध्यक्ष आचार्यको भनाई छ ।वातावरण, मानव शरीर तथा वोटविरुवाको लागि फाइदाजनक परजीवी किराहरूलाई नकारात्मक असर नगर्नुका साथै माटोको जरा विकासमा सहयोग पु¥याउने कृषि विशेषज्ञ अनुसार कार्यक्रम गरिएको अध्यक्ष आचार्यको भनाई छ ।

जसले वातावरण सन्तुलन कायम गर्ने उपेक्षा पनि राखिएको छ ।साथै गाउँपालिका भित्र रहेका कृषि समृह लाई ५ देखि ८ केजी अदुवाको विउँ वितरण गरिएको समेत बताईएको छ ।गाउँपालिकाले मङ्गलबार देखि वौदेशिक रोजगार बाट फर्किएका ६७ जना युवा लाई स्वरोजगार मुलक तालिम दिएर सहुलियत  दरमा कर्जा समेत दिने जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close