संसद पुनस्र्थापना हुन्छ भन्नू केवल दिवासप्ना मात्रः मन्त्री रायमाझी

शोभाखर पन्थी /अर्घाखाँची ।

उर्जामन्त्री टोपबहादुर रायमाझीले संसद पुनस्थापनाको सपना नदेख्न आग्रह गर्नुभएको छ । उहाँले मरेको मान्छे बिउँझन्छ भन्नु र संसदको पुनस्र्थापना हुन्छ भन्नू एउटै भएको भन्दै संसद पुस्थापना अब केवल दिवासप्ना मात्र हुने बताउनु भयो ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्क नगर कमिटी द्वारा सन्धिखर्कमा आयोजित बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै उहाँले सरकारले तोकेको समयमै निर्वाचन हुने बताउनु भयो ।
प्रचण्ड ,माधव समुहले एकताको मर्म बिपरित पार्टी भित्र चरम गुटबन्दी गरि पार्टी बिभाजनको अबस्थामा पुर्याएको आरोप लगाउँदै ,उहाँले पार्टी एकता बिरोधि लाई कार्यकर्ता र जनताले बहिष्कार गर्ने बताउनुभयो ।

Image may contain: text that says 'नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सन्धिखर्क नगर कमिटी, अर्घाखांची बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम २०७७ पुष २० गते संगम फुडल्याण्ड, सन्धिखर्क'
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार बनेदेखि नै पार्टी भित्रै बाट सरकारलाई घेराबन्दीमा पारी काम गर्न नदिएको भन्दै उहाँले विभिन्न कठिनाई र अबरोधका बीच सरकारले जनमुखी र ऐतिहासिक काम गरेको दावी गर्नु भयो ।
आफुहरुले पार्टी बिभाजन रोक्न भरमग्दुर प्रयास गरेपनि प्रचण्ड , नेपाल समुहको चरम पदलोलुपता ,बैचारिक बिचलन र अधैर्यताका कारण पार्टी बिभाजन भएको उहाँको गुनासो थियो ।

Image may contain: 1 person, on stage
रायमाझीले अध्यक्ष प्रचण्ड र माधव समुहले बाह्य शक्तिको ईसारामा पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली लाई दुबै पद बाट हटाई मुलुकलाई अनिर्णयको बन्दी बनाउन ख‍ोजेको भन्दै उहाँले उनिहरुको पदलोलुप चरित्र र निहित स्वार्थ मुलुकको बिकास र समृद्धिको निम्ति बाधक रेहेको तर्क राख्दै जनताले समय आउँदा जवाफ दिने बताउनुभयो ।
३३ बर्ष सम्म प्रचण्ड आफै टिको लगाएर पार्टी अध्यक्ष बनेको भन्दै उहाँले पार्टी लाई खल्तीको पैसा जस्तो संझने प्रचण्डले नेकपा लाई पनि आफ्नो कठपुतली बनाउन षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

Image may contain: 1 person
नेपाल कम्युनिस्ट पार्टी नेकपा सन्धिखर्क नगर कमिटीका अध्यक्ष श्रीकृष्ण भुसालको अध्यक्षता र सचिव शिव अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला पार्टी अध्यक्ष चेतनारायण आचार्य, केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे ,केन्द्रीय सदस्य बिजुला रायमाझी ,स्थानीय नेता विष्णु परियार ,लक्ष्मण पराजुली लगायतका वक्ताहरुले मन्तव्य राख्दै नेपाली कम्युनिस्ट आन्दोलनको मुल प्रवाह केपी शर्मा ओली नेतृत्वको नेकपा भएको भन्दै विचल्लित नभई एकताबद्ध भएर एकीकृत र सुदृढ पार्टी निर्माणमा जुट्न कार्यकर्ताहरु लाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका ५ सय बढी कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Image may contain: 1 person

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close