अर्घाखाँचीमा भोलीदेखि हुने AYC भलिबल प्रतियोगिता तयारी पुरा

सागर महत ,अर्घाखाँची ।
अर्घाखाँचीमा चौथो AYC अन्तरपालिका रनिङशिल्ड भलिबल प्रतियोगिता भोली (बिहिबार) देखि हुने भएको छ ।जसको तयारी पुरा भएको आयोजक अर्घाखाँची युवा परिषदका अध्यक्ष काजी श्रेष्ठले बताउनुभयो ।
सदरमुकाम सन्धिखर्कको टुँडिखेलमा हुने प्रतियोगितामा जिल्लाका तिन नगरपालिका र तिन गाउँपालिकाका टिमको सहभागिता रहने उहाँले बताउनुभयो ।खेल क्षेत्रको विकासमा टेवा पुगोस भनेर प्रतियोगिता आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।खेलाडी पालिकाको आफ्नो पोशाकमा आउनु पर्ने बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार ,दृतियलाई ३० हजार र तृतियलाई हुने टिमलाई २० हजार पुरस्कार दिइनेछ। यस्तै रनिङ्गशिल पचाउने टिमलाई ५० हजार थप गरी १ लाख पुरस्कार प्रदान गरिने आज पत्रकार सम्मेलनबाट महासचिव प्रकाश भुसालले बताउनुभयो।

प्रतियोगितामा उत्कृष्ट खेलाडीले नगद पुरस्कार पाउनेछन्।प्रतियोगिताको टिममा जिल्ला भन्दा बाहिरको २ जना मात्र खेलाडी राख्न पाइने भुसालले बताउनुभयो।२०७२ सालबाट सुरु गरिएको खेल बिचमा कोरोनाका कारण रोकिएको थियो ।त्यसलाई अहिलेबाट निरन्तरता दिएको छ । कार्यक्रमको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाबाट उद्घाटन हुने बताएको छ ।खेल बिहान १० बजेदेखि उद्घाटन हुने छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close