रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प,अर्घाखाँचीमा पनि महसुस

काठमाण्डौं। जाजरकोटको रामीडाँडा आसपासलाई केन्द्रविन्दु बनाएर अर्को भूकम्प गएको छ ।त्यसको महसुस अर्घाखाँची सहितका जिल्लामा पनि भएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो ।ठूलो भूकम्प भएपश्चात लामो समयसम्म त्यसका परकम्प आउने गर्छन् । भूकम्पको यो धक्कालाई पनि परकम्पका रूपमा लिइएको छ । गत शुक्रबार राति भएको जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट १सय५३ जनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close