आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमटिेड सन्धिखर्क शाखाद्धारा आधारभुत अभिकर्ता तालिम तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

विक्रम पाण्डे / अर्घाखाँची ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनी सन्धिखर्क शाखाले आधारभुत अभिकर्ता तालिम तथा पुनर्ताजगी कार्यक्रम सन्धिखर्कमा सम्पन्न गरेको छ । कार्यालयका शाखा प्रमुख बोम बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता र एजेन्सी म्यानेजर महेन्द्र श्रेष्ठको प्रमुख प्रशिक्षणमा कार्यक्रम सम्पन्न भएको हो ।कार्यक्रममा प्रमुख प्रशिक्षक श्रेष्ठले बीमा सम्बन्धी ज्ञान तथा महत्वको विषयमा प्रकाश पार्नुभयो । उहाँले बीमा अभिकर्ता भई काम गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाको आधारभूत अवधारणा तथा अभ्यासहरुको जानकारी साथसाथै जीवन बीमामा आईएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले खेलेको भूमिकाको बारेमा तालिममा सहभागीहरुलाई स्पष्ट पार्दै सफल बीमा अभिकर्ता भई कार्य गर्न सफलता मिलोस् भनी शुभेच्छा प्रकट गर्नुभयो ।No description available. तालिमको औपचारिक समापन गर्दै शाखा कार्यालय सन्धिखर्कका शाखा प्रमुख बोम बहादुर क्षेत्रीले अभिकर्ताको गुणस्तर तथा उनीहरुको ज्ञानका स्तरको आधारमा बीमाको व्यापार बढ्ने बताउनुभयो ।

No description available.
शाखाका अण्डरराईटिङ स्टाफ बिक्रम पाण्डेको सञ्चालनमा सम्पन्न तालिममा ३० जना अभिकर्ताहरुको सहभागिता रहेको थियो । कम्पनीले हाल बाल उज्जवल जीवन बीमा, बाल उमंग जीवन बीमा, धनसरीता जीवन बीमा, सरल सावधिक जीवन बीमा, आजिवन जीवन बीमा, बैदेशिक रोजगार म्यादी जीवन बीमा, सवल धनवद्र्धन , धनबृक्ष लगायतका दर्जनौँ बीमा योजनाहरु बजारमा ल्याएको छ । नेपालमा हाल कम्पनीका १०५ शाखा कार्यालयहरु रहेका छन् ।No description available.

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close