विश्व कप क्रिकेटमा भारतसँग नेदरल्यान्ड्स पराजित,भारत सेमिफाइनलमा

काठमाण्डौ । नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत समूह चरणका सबै ९ खेलमा जितकासाथ सेमिफाइनलमा पुगेको हो । जितको लागि ४ सय ११ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७ ओभर ५ बलमा २ सय ५० रनमा अलआउट भयो ।

त्यसअघि बेङ्लोरमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो ।
भारतले पहिलो सेमिफाइनलमा पर्सि न्युजिल्यान्डसँग खेल्नेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा नोभेम्बर १६ तारिखमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच खेल हुनेछ । फाइनल खेल नोभेम्बर १९ तारिखमा हुनेछ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close