साना किसान कृषि सहकारी नरपानीको २५औं वार्षिक साधारण सभा सम्पन्न

सागर महत, अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


नरपानीको फुलबारी चौउरमा भएको कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका वडा नम्बर ६का वडा अध्यक्ष श्रीधर महत्राले जिल्लाको सबै भन्दा ठूलो सहकारी भएकाले सहुलियत दरमा गाउँमै ऋण निकाल्न सहज भएको बताउनुभयो ।

यो संस्थाले प्रत्यक्ष किसान सँग जोडिने काम पनि गरेको छ ।यस संस्थालाई बचाइ राख्नको लागि अझै पनि एक जुट हुन आवश्यक रहेको अध्यक्ष महत्राले बताउनुभयो ।
पाणिनि गाउँपालिका वडा नम्बर ७का वडा अध्यक्ष गुनाखर अधिकारीले आजको सहकारीमा जम्मा गरेको बचत रकमबाट भविष्यमा आइपर्ने समस्या लाई केही भएपनि हल गर्ने बताउनुभयो ।विभिन्न चुनौतीको सामना गदै आएको सहकारीले २५ औं साधारण सभा मनाउदै गदै धेरै सहकारमीमा पछिल्लो समय विश्वास हराउदै गएको समयमा यो सहकारीको नमुना योग्य काम गदै गएको वडा अध्यक्ष अधिकारीले बताउनुभयो ।


सहकारीमा कुल २६करोड ६९लाख९हजार ७सय७१रुपँयाको पुँजी रहेको सहकारीकी प्रबन्धक सरस्वती न्यौपाने बताउनुभयो। यस्तै सहकारीले २३करोड ७६लाख ९२हजार ३सय २४रुपैया लगानी गरेको छ।
संस्थाकोे नाफा ९३लाख ६३हजार ५सय ४ रहेको जनाएको छ ।सहकारीमा कुल १८सय ९०शेयर सदस्य रहेका छन । अनुमानीत आगामी वर्षको लागि २० करोड लगानी असुली १६ करोडको अनुमानीत बजेट समेत प्रबन्धक न्यौपानेले समेत पस्तुत गर्नुभएको हो ।

यस्तै सहकारीले जेष्ठ सदस्य,उत्कृष्ट भैसी पालक कृषक,बाख्रा पालक कृषक ,माछा पालक कृषक लगायतका बिधामा सहकारीमा आबद्व शेयर सदस्यलाई नगद सहित सम्मान गरेको थियो ।

संस्थाको बार्षिक प्रतिवेदन अध्यक्ष सुनिता बिकले पस्तुत गर्नुभएको हो ।

लेखासमितिको प्रतिनिनी सदस्य टोपकली कब्दारले गरेको कार्यक्रम संस्थाका कम्युटर अपरेटर प्रकाश महत्राको संचालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close