अभिनव चौहानको दशैंँ गीत बजारमा ,सबैको साथ सहयोगको अपेक्षा

शक्ती महत /अर्घाखाँची ।
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ५ मा जन्म भइ आफ्नो यात्रा लाई सञ्चार क्षेत्र सँगै नेपाली गित संगित क्षेत्रको फाटमा लाग्नु भएका अभिनव चौहानले आफ्नै लय शब्द र स्वरमा शुभकामना रुपि शब्दहरु समेटिएको “बडा दशैको शुभकामना” बोलको गित बजारमा ल्याउनुभएको छ ।कुनै समय रेडियो बाट श्रोताको मन जित्न र स्टोस कार्यक्रम बाट दर्शकको मन जित्न सफल चौहान अहिले नेपाली मौलिकपनका गित बाट दर्शक श्रोताको मन जित्न सोहि अनुसार नेपाली गित संगितको बजारमा लागेको बताउदै ,यो समयमा सबैको साथ सहयोगको समय रहेको बताउनुभयो ।यस अघि विभिन्न गित संगितमा स्वर सँगै अभिनय गदै आउनुभएका चौहान नेपालीहरुको मुख्य चार्ड दशै आउदै गर्दा दशै गित सार्वजनिक गर्नुभएको हो ।रेखा जोशि र अभिनब चौहानको स्वर रहेको “बडा दशैको शुभकामना” बोलको गितमा स्वयंम अभिनब चौहानको लय शब्द रहेको छ । २ मिनेट ५२ सेकेण्डको यो गितमा सम्पुर्ण नेपालीहरुमा महान चाड दशैको शुभकामना ब्यक्त गरिएको छ । मंगलम रेर्कडिङ स्टुडियोमा रेकर्ड गरीएको यो गितलाई अब्रिल फिल्मस् को अधिकारीक युट्युब च्यानलबाट सार्बजनिक गरीएको छ ।
भिडियो
कमेन्ट गर्नुहोस !