अमेरिकामा छायांकन भएको “पोहोर साल” तीज गीतले चर्चा बटुल्दै

अभिनव चौहान /काठमाण्डौ। यतिबेलाको सांगीतिक बजार तीज गीतहरुले तताइरहेका छन् ।बजारमा आएका धेरै गीतहरु मध्ये कुनै गीत चर्चाको शिखरमा छन् भने कुनै गीत ठिकै चलिरहेका छन् ।जसलाई पनि आफ्नो सिर्जना उत्कृष्ट बनाउने सोच हुन्छ।त्यहीँ सोच बोकेर सधैंभर अघाडी बढी रहेका निर्देशक हुन सुमन सागर जङ्ग केसी ऊनी अर्घाखाँचीमा जन्मिएर अहिले काठमाडौंमा गीत संगीतमा निरन्तर रुपमा लागि रहेका छन् । उनलेे निर्देशन गरेका “हो हो नि माया”/”आमाले किन्दिएको पछ्यौरी” लगायतका दर्शनै गीतहरु बजारमा आइरहेका छन् ।त्यसैगरी उनको निर्देशनमा तयार भएको पोहोर साल नामक तीज यतिबेला सार्वजनिक भएको छ।जसमा अर्घाखाँचीमा जन्मिएका गायक कुशल बेल्बासे र शान्तिश्रीको आवाज रहेको छ।लय तथा शब्द सिर्जना कुशल बेल्बासेले नै गरेका हुन। यस गीतको छायांकन अमेरिकामा मोहन केसीले गरेका हुन् भने सम्पादन सुरेश राउतले गरेका छन् ।शिखा केसी सुश्रीम आचार्य र केदार आचार्यको सशक्त अभिनयमा तयार भएको यस गीतको पूरा भिडियो हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।
कमेन्ट गर्नुहोस !