देवी थापाको पहिलो गीत “गाईखुर डाँडैमा” सार्वजनिक।

अभिनव चौहान, काठमाडौं।जाजरकोट पांच्काटियामा जन्मिएकी देवी थापाको आवाजमा गाईखुर डाँडैमा बोलको गीत सार्वजनिक भएको छ।गाईखुर डाँडैमा एउटा ठाउँ विशेषलाई आधार मानेर सिर्जना गरिएको गीत हो।जुन गीत हेरेपछि श्रोता दर्शकको यतिबेला राम्रो प्रतिक्रिया आएको छ।
तेजेन्द्र दुराको एरेन्ज ,शब्द र संगीत भित्र देवी थापाले आवाज दिएकी छिन् भने कृष्ण लामिछानेले मिक्सिङ गरेका हुन।मंगलम रेकर्डिङ स्टुडियोबाट रेकर्ड भएको गीत देवी थापाको आफ्नै युटुब च्यानलमा हेर्न सकिन्छ।
पूरा गीत हेर्नको लागि।
कमेन्ट गर्नुहोस !