धेरै बर्षपछि आयो मौलिकपन देउसी भैलो, २०७७ दान तिहार बजारमा (भिडियो सहित)

सागर महत /अर्घाखाँची ।
लोकगीतसँगै आज भोलीका देउसी भैलो गीतहरु पनि आधुनिक बन्दै गएका छन् । यहि परिवेशमा दुर्लभ मौलिक शब्दका गित पनि बजारमा कम मात्रमा आएको पाईन्छ ।यहि परिवेशमा पुरानो मौलिक पनका शब्द, नृत्यमा देउसी भैलो दान तिहार बजारमा आएको छ ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा जन्मनु भएका बिराज पाण्डेको शब्द तथा अर्घाखाँचीकै छत्रदेव गाउँपालिका मा जन्म भई बिगत केहि दशक देखि गित संगितको यात्रामा लाग्नुभएका कलाकार यमन खनाल र सम्झना भण्डारीको स्वरमा रहेको गित बजारमा आएको छ । कलाकार खनालका अनुसार यस वर्षको तिहारमा धेरै मौलिकपन लोभ हुने अवस्थामा पुगेका भाका हरु समेटिएको गित बजारमा ल्याएको उहाँले बताउनुभयो । यो गित यमन खनालको युटुवबाट बजारमा आएको छ । एक पटक सबै दर्शक श्रोता लाई हेरेर अनि सुनेर प्रतिक्रिया दिन आग्रह पनि गरिएको छ । जसमा सन्तोष कुमार सिठङङ्गा छायांकन मरुभूमि नारायण, रोशन धिताल ,विशेष सहयोगी देव पोखरेल, कुलराज राई रहनुभएको छ ।

युटुवमा भिडियो हेर्न तल क्लिक गर्नुहोस:

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close