विष्णु गैरेको दशैं गीत ‘आउँछु भन्थेँ’ सार्वजनिक
गैरे लामो समयसम्म पाल्पाको श्रीनगर एमएममा रही थुप्रैको मनमा बस्न सफल संचारकर्मी हुन् ।


दिपक एमसी, काठमाण्डौं ।
गीतकार तथा संचारकर्मी विष्णु गैरेको दशैं गीत ‘आउँछु भन्थेँ’ सार्वजनिक भएको छ। हरि लम्सालको संगीत र स्वर रहेको दशैं गीत ‘आउँछु भन्थेँ’ भाइब्रेसन मिडियाको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। सार्वजनिक भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका हुन्।
भिडियोमा जिबी चिरन अर्थात चिरन्जीवी सापकोटा, रमा थपलियालगायतका कलाकारहरुको अभिनय रहेको छ।
गीतमा वैदेशिक यात्रामा जाँदाको बाध्यता, पीडा र घरपरिवारसँग टाढिदाँ चाडपर्वमा गुम्ने आत्मियतालाई समेत देखाउन खोजिएको छ । गीतमा आम नेपालीले भोगेको यथार्थ बाध्यतालाई शब्द र संगितमार्फत उनिएको छ । दशैंको भावलाई वैदेशिक पलायनसँग जोडेर लेखिएको गीतमा संचारकर्मी तथा गीतकार विष्णु गैरेका शब्द छन् ।
गैरे लामो समयसम्म पाल्पाको श्रीनगर एमएममा रही थुप्रैको मनमा बस्न सफल संचारकर्मी हुन् ।
यस्तो छ गीतः
कमेन्ट गर्नुहोस !