सन्धिखर्कको माटेबाट हराएका चार बालबालिका फेला परे

सागर महत,अर्घाखाँची ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १०बाट हराएका चार बालबालिका फेला परेका छन ।फेला पर्नेमा शितगंगा नगरपालिका ३ कि ५ वर्षिय प्रियंका नेपाली उनका दाजु ११ वर्षिय शिशिर नेपाली र रोल्पा जिल्लाको लिबाङ नगरपालिका ४का बिष्णु नेपाली,अस्मीता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी बिक्रम रिजालले बताउनुभयो ।हिजो (शनिबार) बिहानबाट हराएका बालबालिका भेटिएका हुन।

उनीहरुका अभिभावकले सन्धिखर्क १० को माटे  स्थित बाँगी खोलामा आफ्नो दैनिकी चलाउनको लागि काम गदै आएका थिए ।बालबालिका हराए पछि प्रहरीमा खबर गरिएकोमा आज सन्धिखर्कका विभिन्न ठाँउबाट उनीहरुलाई फेला पारिएको हो । प्रहरी चौकी अर्घा बिहारबाट खटिएको प्रहरी टोलीले फेला पारी उनीहरुलाई परिवारको जिम्मा लगाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close