एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित

काठमाण्डौं ।एसीसी १९ वर्षमुनिको एसिया कप क्रिकेटमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ । अफगानिस्तानसँगको खेलमा नेपाल ७३ रनले पराजित भयो ।अफगानिस्तानले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४० ओभर १ बलमा १ सय ८८ रनमा अल आउट भयो ।
यसअघि दुबई आईसीसी एकेडेमी ग्राउन्ड २ मा टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तान ४९ ओभर ३ बलमा २ सय ६१ रनमा अल आउट भयो ।नेपाल रहेको समूह ’ए’ मा भारत, पाकिस्तान र अफगानिस्तान छन् । त्यस्तै समूह ’बी’ मा घरेलु टोली यूएई, जापान, श्रीलङ्का र बङ्गलादेश छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close