सोमपालले दुई विकेट लिएको खेलमा मराठा अरेवियन्स पराजित

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई) को आबूधाबीमा जारी  टि १० लिगमा दुई विकेट लिनुभएको छ । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आबद्ध मराठा अरेवियन्स भने २९ रनले पराजित भएको छ । मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो ।

नेपालका बलर कामीले आजको खेलमा उत्कृष्ट खेल प्रदर्शन गरे । उनी एउटै ओभरमा दुई विकेट लिन सफल भए ।कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिएका हुन् । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिमलाई २८ रनमा पेभेलियन फर्किए । कामीले दुई ओभरमा मात्र १० रन खर्चिए । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन् ।युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् । खड्का टी १० टिम आबुधाबीको इमर्जिङ ट्यालेन्ट मेन्टरको भूमिकामा रहेका छन् । मल्लले आबुधाबी टोलीबाट तथा केसीले पुने डेभिल्स टोलीबाट उक्त प्रतियोगिता खेलिरहेका छन् ।रासस

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close