आईपीएलमा राजस्थानको चौंथो जित

काठमाण्डौ — इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले चौंथो जित निकालेको छ ।यूएईको शेख जायद क्रिकेट मैदानमा राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौंथो जित निकालेको हो ।चेन्नईले दिएको १ सय २६ रनको लक्ष्य राजस्थानले १७ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको जितमा जोस बट्लरले अविजित ७० रनको अर्धशतकीय पारी खेले ।

कप्तान स्टिभ स्मिथ २६ रनमा अविजित रहे । यस्तै बेन स्टोक्सले १९ र रोबिन उथप्पाले ४ रन बनाए । चेन्नईका दिपक चाहरले २ विकेट लिए । जोस हाजलउडले १ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । चेन्नईका लागि रबिन्द्र जडेजाले अविजित ३५ रन बनाए । यस्तै कप्तान महेन्द्र सिंह धोनीले २८ रन र साम करणले २२ रन बनाए । राजस्थानका जोफ्रा आर्चर, कार्तिक त्यागी, श्रेयस गोपाल र राहुल टेवाटियाले १÷१ विकेट लिए ।

जितसँगै राजस्थानले प्ले अफमा पुग्ने सम्भावना कायमै राखेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौं स्थानमा छ । १० खेलमा ६ अंक जोडेको चेन्नई तालिकाको पुछारमा रहेको छ ।उज्यालो बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close