बुटवलमा निशेधाज्ञा

प्रदेश ५ को स्थायी राजधानी दाङ तोकिएको विषयमा हालको अस्थायी राजधानी बुटवल तनावगग्रस्त भएपछि स्थानीय प्रशासनले केही स्थानमा निशेधाज्ञा जारी गरेको छ । अहिले बिहान ६ बजेदेखि लागु हुनेगरि २१ गते बेलुका ६ बजेसम्मका लागि निशेधाज्ञा जारी भएको हो । बुटवलमा नेपाली काँग्रेसले प्रदेश राजधानी दाङको भालुवाङ तोकिएको विरोेधमा प्रदर्शन चर्काएको छ । काँग्रेसले आज जिल्ला बन्दको घोषणासमेत गरेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा भवन रहेको दक्षिणमा इँटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इँटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको छ । यस्तै प्रदेश मन्त्रालयहरु रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्मको क्षेत्रभित्र र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युतचोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गसम्मको क्षेत्रभित्र निशेधाज्ञा जारी भएको छ । यी क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति जम्मा भएर हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।-जनआस्थाबाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close