थप २ हजार २सय ५३ जनामा कोरोना पुष्टि,७ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
काठमाण्डौ –नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै हाल सम्म नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८६ हजार ८ सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।त्यस्तै बितेको २४ घण्टामा १ हजार ३ सय २९ जना कोरोना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ६४ हजार ६९ पुगेको छ ।अब नेपालमा २२ हजार २ सय १९ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा ७ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको ५ सय ५३ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !