मालारानी गाउँपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु

सन्धिखर्क ।अर्घाखाँचीको मालारानी गाउँपालिकामा आजदेखि १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सुरु भएको छ। खेलको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो । गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका १४ वटा माध्यमिक बिद्यालयको सहभागिता रहेको छ ।

कार्यक्रममा उपाध्यक्ष दिपा पोखरेल,पुर्व गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्य,पुर्व उपाध्यक्ष प्रमिला क्षेत्री,जिल्ला खेलखुद विकास समितिका अध्यक्ष विष्णु क्षेत्री,गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत चेतनारायण कंडेल वडा अध्यक्ष,विभिन्न राजनितिक दलका प्रतिनिधि लगायतको सहभागीता रहेको कार्यक्रमको संचालन आदर्श मा.वि. का प्र.अ.  भेषराज खनालको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close