२ हजार २ सय ४९ रूपन्देहीका उद्योगी–व्यवसायीले गरे नेकपा छाडेको घोषणा

बुटवल — प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा लैजान लागेको विरोधमा उत्रिएका रूपन्देहीका नेकपासम्बद्ध उद्योगी–व्यवसायीले पार्टी सदस्यता त्यागेको घोषणा गरेका छन् । बुटवलमा मंगलबार पत्रकार सम्मेलन गरी २ हजार २ सय ४९ जना उद्योगी–व्यवसायीले नेकपाको सदस्यता त्यागेको घोषणा गरिएको हो ।पार्टी त्याग्नेहरूमा नेकपानिकट विभिन्न विभाग र औद्योगिक, व्यावसायिक संघसंस्थाका अगुवाहरू मोतीलाल पाण्डे, एजाज आलम, समुद्र जीसी, माधव नेपाल, बाबुराम बोहोरा, राजेन्द्र ढकाल, कृष्ण घिमिरेलगायत छन् । प्रदेश सरकारले असोज १६ मा राजधानी दाङ लैजाने प्रस्ताव गरेपछि उद्योगी–व्यवसायीहरू रूपन्देही नै राजधानी हुनुपर्ने माग राखी विरोधमा उत्रिएका थिए ।

उद्योगी एवं व्यावसायिक सञ्जालमा यहाँका उद्योग संघ, उद्योग वाणिज्य संघ, व्यापार संघ, रूपन्देही उद्योग–व्यापार संगठन, होटल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ, पश्चिम नेपाल बस व्यवसायी प्रालिलगायत ६० वटा संघसंस्था छन् ।व्यवसायीहरूले प्रदेश सरकारका कुनै पनि कार्यक्रममा भाग नलिने र आफ्ना कुनै पनि कार्यक्रममा प्रदेश सांसदलाई नबोलाउने निर्णयसमेत गरेका छन् । संघसंस्थाहरूको सञ्जाल रूपन्देहीका अध्यक्ष यमलाल लोहनीले पार्टी त्याग्नेहरूको सूची नेकपा जिल्ला अध्यक्ष शिवराज सुवेदीलाई बुझाइने बताए ।source .ekantipur

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close