प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास

५ नम्बर प्रदेश को स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।प्रदेशसभामा केहि बेर अघि भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए।
कमेन्ट गर्नुहोस !