छत्रदेव गाउँपालिकामा दादुरा–रुबेला रोग विरुद्धको खोप संचालनका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न

सन्धिखर्क ।राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत दादुरा–रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी गाउँपालिका स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुका लागि अभिमुखिकरण कार्यक्रम छत्रदेव गाउँपालिकामा पनि सम्पन्न भएको छ । ९महिनादेखि ५ वर्ष मुनिका सम्पुर्ण बालबालिकाहरुलाई दादुरा रुबेला रोग विरुद्धको खोप अभियानको तयारीको लागि कार्यक्रम गरिएको छत्रदेव गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धि राम न्यौपानेले बताउनुभयो ।फागुन १३ गतेदेखि सुरु हुने खोप कार्यक्रममा जनप्रतिनिधिले पनि सहजीकरण गर्ने छन ।खोप लगाउनको लागि स्वास्थ्यक्रमी ,महिला स्वयंम सेविका खटने उहाँले बताउनुभयो ।
८ वटा वडामा खोपलाई प्रभावकारी बनाउनको लागि सबै क्षेत्रबाट सहयोगको आवश्यक रहेको गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मनी पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले खोप कार्यक्रम सफलताको सुभकामना मन्तव्य राख्नुभएको हो।यस्तै बिभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य शिक्षा शाखा प्रमुख तुल्सी राम न्यौपाने, गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्था प्रमुखहरु, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, सञ्चारकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका प्रतिनिधी लगायतको सहभागितामा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close