कोभिड संक्रमणबारे राष्ट्रियसभा सदस्य खड्का भन्नुहुन्छ– व्यवस्थापनमा नयाँ चुनौति थपिदैं छ

राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्काले सामाजिक सन्जाल फेसबुकमा स्टाटस सेयर गर्दे कोभिडबारे आफ्ना भोगाई, देशको परिस्थिति र सम्भाव्य चुनौतिबारे लेख्नुभएको छ । आफू अर्घाखाँचीमा रहदाँ नै कोराना संक्रमित भएको र घरमै स्वास्थ्यलाभ गरिरहेको बताउँदैं उहाँले आफ्नो स्वास्थ्यबारे चासो राख्ने सबै शुभेच्छुकको सद्भावप्रति आभार व्यक्त गर्नुभएको हो ।
सबैको सन्देशले उहाँको फेसबुक स्टाटसलाई यहाँ प्रस्तुत गरेको छ ।

स्वास्थ लाभको अपेक्षामा छु,मित्रहरूको सद्भावले पक्कै ठिक हुने विश्वासमा छु। यस क्रममा रिपोर्ट आएको दोस्रो दिन असोज २० गतेदेखि फोनबाट कामना गर्नुहुने शुभेच्छुक मित्रहरूको फोन उठाएको छैन किनकी धेरै बोल्दा घाँटी र टाउकोमा बढी दबाब पर्यो यसको निम्ति पुन क्षमाप्राथी छु। घरमै बसेर जिल्लाको दैनिक समाचारको जानकारी लिएको छु त्यसबारेमा ।
१. कोरोना विस्वब्यापी महामारीको रूपमा फैलिएको अवस्थामा हामी अछुतो नरहने कुरा निश्चिति थियो।
२. केही अपरिपक्वताका बाबजुद गरिएको लामो लकडाउनले सामाजिक सक्रिय जीवन,अर्थतन्त्र ,जनजिवीकामा समस्या पैदा गर्यो तर कोरोना रोकथामका केही उपलब्धि पनि प्राप्त भए।म यहाँ रास्ट्रीय विषयमा नभएर अर्घाखाँची जिल्लाको विषयमा थोरै कुरा गर्न चाहेको-

१. शुरु चरण मानौं कोरोना जिल्लामै पस्दैन जस्तो मनो विज्ञान।
२. होइन पस्छहोला भन्ने लागेपछि केही रोकथामका प्रारम्भिक तयारी।
३. पस्न थालेपछि हतार हतार ब्यबस्थापन,रोकथाम,राहत बितरणमा कडा प्रतिस्पर्धा ।
४. जनप्रतिनिधि,प्रशासनिक निकायहरुको उल्लेखनीय खटन पटन।
५. परिणामस्वरूप झन्डै जिल्लालाई कोरोना शून्य बनाउन उन्मुख ।
६. त्यसपछि लकडाउन खुल्लाको सतही प्रभाव ।
७. कोरोना भन्या केही होइन सामान्य रुघाखोकी हो भन्ने बुझाई।
८. खुल्लापनमा स्वास्थ अनुशासनको ज्यादै कमि।
९. यातायात ब्याबसाय खुल्ला गर्दा र मानिसको चहलपहल गर्दा उचित मापदण्डको कमि
१०. यतिसम्म कि बिधालयहरु समेत भटाभट खुल्न शुरु।
आदि/आदि
आजसम्मको कोरोनाको अवस्था:

जनप्रतिनिधिहरु,सुरक्षा निकायका प्रमुखहरु,चिकित्सकहरु,सामाजिक संघ संस्थाका प्रमुख,दलका नेताहरू,स्वास्थकर्मी,सुरक्षाकर्मीहरुलाइ अलि धेरै संख्यामा देखिदै आएको समाचारहरु आइरहेका छन।

सम्भावित समस्या:

माथी उल्लेखित ब्यक्तित्वहरु सबै सामाजिक सम्बन्ध सम्पर्क हुनै पर्नेहरु भएकोले कति जना सम्पर्कमा थिए एकिन गर्न गाह्रो पर्ने देखिन्छ ।
-अब समाजमा कोरोना फैलिएर कडा खालका बिरामी देखिए भने
– उद्दार गर्नेहरु क्वारेन्टाइन र आइसोलेसनमा
– ब्यबस्थापन गर्नेहरु क्वारेन्टाइन र आइसोलेसनमा
– उपचार गर्नेहरु क्वारेन्टाइन र आइसोलेसनमा
-राहत ब्यबस्थापन गर्नेहरु क्वारेन्टाइन र आइसोलेसनमा

थप समस्या:
देशभर बिरामीको संख्या बढेको छ आइसियु,भेन्टिलेटर खाली हुन गाह्रो छ,यता हामी शीत प्राथमिक उपचारको ब्यबस्थापन गर्ने नयाँ चुनौती थपिदै छ।
अब के गर्ने:
१-सबै तहको समन्वयमा यथाशीघ्र सम्भब भए सम्मका आबश्यक स्वास्थ सम्बन्धि तयारी गर्ने जो हिजो हामीलाई मौका हुँदा बाकी राख्यौं।
२-अब कसैले भनेर कसैको निम्ति गर्दिने नभएर सबैले आफ्नो निम्ति निर्मम बनेर केही समय निश्चिति क्षत्र र कामहरुमा निषेध नगर्ने हो भने जिल्लाले लकडाउन गरेभन्दा धेरै ठूलो क्षती मोल्नु पर्ने हुन सक्छ।

अन्ततः म आफै सायद ०७७ असोज १० देखि १२ भित्र सन्क्रमित भएको हुनुपर्छ १६ गते स्वाब दिएर १९ बिहान पोजेटिभ भएको जानकारी भयो
-आज २२ गतेसम्म मलाई कतिकति बेला हल्का टाउको दुख्ने बाहेक केही लक्ष्यण देखिएको छैन।
३३३ अपेक्षित छु कडा लक्षणको सामना गर्न नपरोस् र कामना गर्छु जो कोहि सन्क्रमितलाई कडा लक्षण नदेखियोस। तर बिडम्बना जेष्ठ नागरिक ,दिर्घ रोघी, कतिपय स्वस्थ ब्यक्तिलाई पनि अत्यन्तै गाह्रो हुने गरेको समाचार,मलाई फोनमा भन्नुभएका भुक्तभोगी शुभेच्छुकहरुको कुरा बाट त्यति न्यूनीकरण गर्न नहुने जस्तो लाग्छ।
यसर्थ सबैले बिचार गरौं ।
२०७७ असोज २२

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close