यसपालिको दशैँमा पुराना कपडा लगाउ,बुढापाकासँग टीका लगाएर आशिर्वाद नलिउ

कोरोना संक्रमण फैलिने डरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यो वर्ष पुरानै कपडा लगाएर दशैँ मनाउन अनुरोध गरेको छ । दशैँमा नयाँ कपडा किन्ने चलन रहेको र कपडा किन्न जाँदा कोरोना भाइरस सङ्क्रमणको डर धेरै हुने भएकोले भन्दै यो वर्ष आफूसँग भएकै पुराना कपडा लगाएर दशैँ मनाउन आग्रह समेत गरिएको छ ।अहिले मानिसहरु कोरोना भाइरसको सङ्क्रणलाई बेवास्ता गर्दै किनमेलमा निस्किएको देखिएको सकभर कपडा किन्दै नकिन्न आग्रह गरिएको छ ।यस्तै खानेकुरा किन्दा पनि सचेतता अपनाउन आग्रह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यता कोरोना संक्रमण बच्न यस वर्षको दसैंमा बुढापाकासँग गएर टीका नलगाउन आग्रह गरिएको। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रा डा जागेश्वर गौतमले दसैंमा बुढापाकासँग गएर टीका लगाएर आर्शिवाद नलिन आग्रह गर्नुभएको छ ।
प्रवक्ता गौतमले भने( ‘धेरै बुढापाकासँग गएर यस पटक टीका नलगाउँ । बरु अनलाइन वा फोनबाट आर्शिवाद लिउँ। ‘ त्यस्तै प्रवक्ता गौतमले धेरै भीडभाडमा गएर टीका लगाउने र खाने काम नगर्न आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस !