बहुमत पुर्‍याउन विवादित मान्छेसँग गठबन्धन गर्नु परेको छ: पम्फा भुसाल

काठमाण्डौं ।सत्तारूढ नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान गठबन्धनमा विवादित मान्छे पनि रहेको टिप्पणी गरेकी छन्।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा बोल्दै भुसालले वर्तमान सत्ता गठबन्धन शुद्ध नभएको बताइन्।

उनले बहुमत पुर्‍याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताएकी छन्। विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको उनको भनाइ छ।

‘संयोगले एउटा नयाँ सहमति बन्यो र गठबन्धन भयो। त्यो पनि शुद्ध त छैन, अब जीवन, व्यवहारले पुष्टि गर्छ। केही मान्छे त विवादित छन् नि१ तर पनि हाम्रो संख्या पुग्दैन। गठबन्धन गरेर बहुमत पुर्‍याउनुपर्छ, यो बाध्यता हुन्छ। तर त्यहाँ पनि कुनै गल्ती, कमजोरी देखिएमा नछोप्ने, छुट नदिने प्रतिबद्धता गरेर नयाँ गठबन्धनको सरकार भएको छ,’ उनले भनिन्।

सत्ता गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनेर राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै उनले सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन्।

शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभूति दिलाउने संकल्पसहित गठबन्धन बनाएको उल्लेख गर्दै त्यो पूरा नभए यही गठबन्धनमा बसिरहने कुरा नहुने उनले बताइन्।उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको दाबी गरेकी छन्। गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने उनले बताइन्।

उनले दीर्घकालसम्म देशमा दुइटा कम्युनिस्ट पार्टी समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पुर्‍याउनुपर्ने बताइन्।न्युज एजेन्सी नेपाल

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close