बस्ने बास आगोले जलेर नष्ट भएपछि अर्घाखाँचीका १३ घर परिवार खुल्ला आकाशमा बस्न बाध्य

सागर महत,सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ र ४ मा शनिबार भएको आगलागीबाट १३ घर परिवार खुला आकाशमा बस्न बाध्य भएका छन्। धारापानीको रातामाटा, जाबुनडाँडा, बाजाखर्क, फलामखिल्जीलगायतका गाउँका १३ घर र १० घरगोठ जलेर नष्ट भएका थिए ।

वनमा लागेको आगो बस्तीमा सल्किँदा १३ घर जलेर खरानी भएका हुन। घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, गरगहना सबै खरानी भएको स्थानीय गङ्गाबहादुर विकले बताए।


जिल्लाका विभिन्न स्थानमा शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक दीपेन्द्र रावलले बताए।जिल्लामा रहेका ६ वटा पालिका मध्ये सन्धिखर्क नगरपालिकामा मात्र एउटा दमकल रहेको छ ।
शनिबार लागेको आगलागीमा ४३ घर गोठ जलेर नष्ट भएका छन्। भूमिकास्थान नगरपालिका, शीतगङ्गा नगरपालिका र पाणिनि गाउँपालिकामा भएको आगलागिले २० घर, २३ गोठ जलेर नष्ट भएका हुन्। यस्तै ११ बाख्रा र ६ भैँसी र १ गोरु मरेका छन ।


प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले घटनास्थलमै गएर आगलागीका कारण बास गुमाएका परिवारलाई खाद्यान्न सामग्री प्रदान गरेका छन्। रातामाटाका घरबारविहिन लाई जिल्ला प्रशासनको पहलमा उद्योग वाणिज्य सङ्घले खाद्यसामग्री राहत उपलब्ध गराएको उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष प्रदीप मिश्रले बताए।
नेपाल रेड्क्रस सोसाइटी अर्घाखाँचीले पनि १० घर परिवारलाई त्रिपाल लगायतका सामाग्री हस्तान्तरण गरेको रेडक्रस अर्घाखाँची शाखाका उपसभापति चन्द्र बन्जाडे बताए ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close