मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्।
आज कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको उनले बताए। उनले आफूलाई हल्का ज्वरो आएको बताएका छन्। साथै उनले आफूसँग सम्पर्कमा रहेकालाई सतर्क रहन आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस !