जन—शान्ति आधारभुत विद्यालयको वार्षिक उत्सव सम्पन्न

सन्धिखर्क ।जन—शान्ति आधारभूत विद्यालय सन्धिखर्क नगरपालिका वडा नम्बर ८ किमडाँडाको ४० औं वार्षिकोत्सव सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर थापाको अध्यक्षता, वडा अध्यक्ष हुम प्रसाद बन्जाडेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा अध्यक्ष बन्जाडेले शैक्षिक सुधारको लागि वडा कार्यालयले सक्दो सहयोग गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा जनताकृष्ण माविका प्रधनाध्यापक यम प्रसाद शर्मा, विद्यालयका पूर्व प्रअ कमलप्रसाद भुसाल, कोपिला भुसाल, शुसिल भुसाल, विद्यार्थी सरिता विक लगायतले शुभकामना मन्तव्य राख्नुभएको हो ।


विद्यालयका सहयोगी दाताहरू, अभिभावक, शिक्षक तथा विद्यार्थीको उपस्थितिमा प्र.अ. निर्मला भुसालले विद्यालय प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियोे ।विद्यालयका पूर्व प्र.अ. कमल प्रसाद भुसालले आफ्नो स्वर्गीय माताको संझनामा विद्यालयको लागि १० हजारको अक्षकोष स्थापना गर्नुभएकोमा विद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।
वार्षिक उत्सव समारोहको अवसरमा सम्पूर्ण विद्यार्थीहरूलाई सिकाइमा प्रोत्साहनका लागि प्रति विद्यार्थी १ कापि र १ पेन्सिल वितरण पनि गरिएको थियो।

सहयोगिलाई शिव बहादुर रानाले शैक्षिक सामग्री सहयोग गरेकोमा खादा वडाई सम्मान ,पूर्व शिक्षक मिना भुसाल, कोपिला भुसाल सुशील भुसाललाई दोसल्ला वडाइ सम्मान गरिएको हो ।यस्तै बाल बहादुर श्रेषठले पानिका जार सहयोग गरेकोमा खादा वडाई सम्मान पनि गरिएको थियो ।

विद्यालयका पूर्व शिक्षक अभिभावक संघ काअध्यक्ष शिव बहादुर राना लाई सम्मान गरिएको हो ।
२०८० को शैक्षिक मुल्यांकनका आधारमा कक्षागत तथा बिद्यालयगत प्रथम, द्वितीय, तृतीय स्थान हाँसिल गर्ने र अन्य बिबिध बिधामा पुरस्कृत हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य प्रस्तुति गरेका थिए । शिक्षिका भगवता ज्ञवालीको  स्वागत मन्तव्य दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close