नेविसंघ अर्घाखाँचीले शिक्षामा २० प्रतिशत बजेट छुट्याउन पालिकालाई ज्ञापनपत्र बुझायो

सन्धिखर्क ।नेपाल विद्यार्थी संघ अर्घाखाँचीले ५५ औं स्थापना दिवसमा सन्धिखर्क शान्तिबगैचा मा दिप प्रज्वलन कार्यक्रम गरेको छ। यस्तै कूल वार्षिक बजेटको न्यूनतम् २० प्रतिशत बजेट शिक्षामा छुट्याउन माग गरेको छ । दिवसको अवसरमा बिहिबार सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकामा ज्ञापनपत्र बुझाउँदै स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम २० प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्नुपर्ने माग राखेको केन्द्रीय सदस्य बिकास पाण्डेले बताउनुभयो ।

वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तहसम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको जिल्ला अध्यक्ष कृष्ण भुसालले बताउनुभयो ।ज्ञापन पत्र बुझ्दै सन्धिखर्क नगरपालिका प्रमुखअ प्रशासकिय अधिकृत खुम भुसाल र पाणिनि गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद घिमिरेले मागलाई सम्बोधनको लागि प्रयास गर्ने बताउनुभएको हो ।

     सन्धिखर्क दिप प्रज्वलन
नेपाल विद्यार्थी संघ अर्घाखाँचीले ५५ औं स्थापना दिवसमा सन्धिखर्क शान्तिबगैचा मा दिप प्रज्वलन कार्यक्रम गरेको छ।
नेपाली कांग्रेस अर्घाखाँची का उपसभापति बिष्णु प्रसाद भुसालको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्री पार्टी प्रचार बिभाग प्रमुख सुर्य भुसाल, नेपाली कांग्रेस प्रदेस सभा (ख )का सभापति हेमन्त बेल्वासे। सचिब सुरज रायमाझी नेपाली कांग्रेस सन्धिखर्क वडा नम्बर १ का सभापति माधब श्रेष्ठ वडा नम्बर ४ का वडा सदस्य चोपनारायण श्रेष्ठ पत्रकार महासंघ प्रदेश सदस्य प्रेमनारायण आचार्य, नेपाल बिधार्थि सघ का केन्द्रीय सदस्य बिकास पान्डे नेपाल जिल्ला अध्यक्ष कृष्ण भुसाल लगाएको अतिथ्यतामा कार्यक्रम गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close