पहिरोबाट बिस्थापित परिवारलाई बासस्थान ब्यबस्थापन गर्न सचेतक भुसाल द्वारा ध्यानाकर्षण पत्र

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा गएको पहिरो र जमिन भासिएर बिस्थापित भएका घर परिवारलाई यथाशीघ्र बासस्थान लगाएतको ब्यबस्थापन गर्न नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पुस्पा भुसालले हिजो भुमि सुधार मन्त्री पद्मा कुमारी अर्याल लाई ध्यानाकर्षण पत्र बुझाउनु भएको छ । साथमा भूमी सुधार सचिब टेक नारायण पान्डेय लगायतको उपस्थिति रहेको थियोे । यता जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ११र१२ र सन्धिखर्क नगरपालिका वडा नम्बर ७ लगायतका क्षेत्रमा पहिरो र जमिन भासिएर बिस्थापित भएका करिव ७० घर परिवार बिस्थापित भएका छन् ।बिस्थापित घर परिवार लाई बासस्थानको ब्यवस्थापन गर्न ध्यानाकर्षण पत्र बुझाएको हो ।
कमेन्ट गर्नुहोस !