सन्धिखर्कमा करिव २१ सय बालबालिकालाई पोलियो विरुद्वको आई.पी.भी खोप लगाउँदै

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा २ हजार ८५ जना बालबालिकालाई पोलियो रोग विरुद्वको आई.पी.भी खोप लगाउँदै छ ।जसको सम्पुर्ण तयारी पुरा भएको सन्धिखर्क नगरपालिका स्वास्थ्य शाखा प्रमुख पुर्ण पराजुलीले जानकारी दिनुभयो ।आज भएको नगरपालिकामा खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम यस्तो बताउनुभएको हो ।

जेठ १३ गते देखि २६ गते सम्म २०७३ बैशाख महिना देखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई आई पि.भी खोप लगाइने छ ।६८वटा खोप केन्द्रमा ६८ जना स्वास्थ्य क्रमी र प्रत्येक केन्द्रममा २ जना महिला स्वयंसेविका दरले कुल १सय ३६ जना महिला स्वयंसेविका खटने जनस्वास्थ्य निरिक्षक प्रकाश परियारले जानकारी दिनुभयो ।

खोप अभियान सफल बनाउनको लागि नगरबासी सबैमा प्रमुख प्रशासकिय अधिकृत खुमलाल भुसालले आग्रह गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close