सन्धिखर्कमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न, ग्रिन बोडिङ्ग प्रथम

सन्धिखर्क ।क्रान्तिकारी पत्रकार संगठन नेपाल जिल्ला समिति अर्घाखाँचीको आयोजनामा शुक्रबार सन्धिखर्कमा शहिद कृष्ण सेन ’इच्छुक’को २२ औ स्मृति दिवसको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शहितको सपना विषयमा भएको प्रतियोगितामा सन्धिखर्क नगरपालिका भित्र रहेका १३ वटा माध्यमिक विधालयका प्रतिनिधी मुलक विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
जसमा सन्धिखर्क ग्रिन ईङ्गिस बोडिङ्गका छात्र आशिष ज्ञवालीले प्रथम ,अर्घाखाँची आवशिय बोडिङ्गका छात्र क्षितिज पुन द्धितिय,जीबनउद्दार माध्यमिक विधालयका स्वतिक भुसाल तृतीय स्थान हासिल गनुभएको हो।
गौरीशकर बोडिङ्ग स्कुलकी छात्रा अनिशा खनालले शान्तवना स्थान हासिल गर्नुभएको थियो ।कार्यक्रममा प्रथम द्धितीय तृतीय सान्तवना स्थान हासिल गर्नेलाई नगद प्रमाणपत्र सहित सम्मान गरिएको संगठनका जिल्ला ईन्चार्ज अनिल नेपालीले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close