क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा मशाल बीच अर्घाखाँचीमा एकता भेला सम्पन्न

अनिल नेपाली,सन्धिखर्क ।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा मशाल बीच अर्घाखाँची जिल्लामा आज एकता भेला सम्पन्न भएको छ । भेलालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिबालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी बिदेशी शक्तीहरुको कसरत भइरहेको बताउनुभयो ।
नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको बिषयमा आवाज बुलन्द गर्न आवस्यक रहेको बताउनु भएको थियो। कार्यक्रममा केन्द्रिय सदस्य हिमालय ,अर्जुन, कौडिनी,केन्द्रिय तथा जिल्ला ईन्चार्ज हुकुम खड्का प्रदेश सदस्य अशोक थापा लगायतले मन्तब्य राख्नुभएको थियो ।
कार्यक्रम पार्टीका जिल्ला सेक्रेटरी राजेन्द्र नेपालीको अध्यक्षता सहसेक्रेटरी ज्वालाको सञ्चालन सह सेक्रेटरी अबिरलको स्बागत मन्तब्यमा सम्पन्न कार्यक्रममा नेताहरुको कार्यविभाजन र जिम्मेबारी समेत तोकिएको छ । कम्युनिस्ट बिभाजन भन्दा एकतालाई सो पार्टीले लामोसयम देखि जोड दिदै आएको छ कार्यक्रममा नेता योगेन्द् चौहान गोविन्द केसि लगायतको उपस्थिति रहेको थियोे ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close