कृषिजन्य बस्तु उत्पादनमा आत्मनिर्भर बन्दै अर्घाखाँची

रुद्रमणि भुसाल,अर्घाखाँची ।अर्थतन्त्रको प्रमुख स्रोतको रूपमा चिनिने कृषि क्षेत्रको विकासमा पछिल्लो समयमा कृषि पेसाप्रति आकर्षण बढ्दै जाँदा कृषि उत्पादन पनि वृद्धि हुँदै गएको छ । तीव्र गतिमा कृषि उत्पादन र उत्पादकत्व बढाउन प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वय एकाइ अर्घाखाँचीले कृषि उत्पादनमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८० / ८१ मा सानाठुला गरि तीन दर्जनभन्दा बढी योजना योवर्ष कार्यान्वयमा आएका छन् ।
प्रतिकुल मौसममा पनि ताजा तरकारी उत्पादन गरि बेमौसमी तरकारी उत्पादन र आपूर्ति गर्न अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सेमि हाइटेक प्रबिधि र वर्षादको समयमा बेमौसमी तरकारी उत्पादन गरि मनग्य आम्दानी गर्न सफल भएको कृषक अगुवा पुस्कर बन्जाडेले बताउनु भयो ।


प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना जोनको सहयोगले प्रबिधिमैत्री संचना निर्माणमा सहयोग गर्दा उत्पादनमा दोब्बर बृद्धिभई एकसिजनमा मात्र सातलाखसम्मको काक्रो र टमाटर उत्पादन गर्न सफल भएको अचार्य कृषि तथा सशुपञ्छि र्फमका संचालनक सुशिल आचार्यको भनाइ छ ।
दूध, अण्डा र मासुमा अर्घाखाँची जिल्ला आत्मनिर्भर बन्दै गएको छ । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ । युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग, नमुना बाखा्र स्रोतकेन्द्र निर्माण गर्ने लगायतका कामहरु भैरहेका छन् । उत्पादनमा आधारित अनुदान, बीउबिजन वितरण, सिँचाइको प्रबन्ध, हावापानीअनुकूलको व्यावसायिक खेती प्रणाली, कृषि उपकरण वितरण, गोठ तथा खोर सुधारका कार्यक्रमहरू, कृषिसम्बन्धी तालिमलगायतका उत्पादन र उत्पादकत्व वृद्धिसम्बन्धी गतिविधिहरू सञ्चालन गर्दै आएपनि कतिपय कृर्षकले अनुदान लिने र बिचमै छाड्ने गरेका कारण सोचेजस्तो प्रगति हुन नसकेको जिल्ला समन्वय प्रमुख जीबनारयण कोइरालाले बताउनुभयो ।


कृषि जन्यबस्तु उत्पादनमा जिल्लामै अब्बल बनाउन अर्घाखाँचीका ६ ओटै स्थानियतहमा सानाठुला गरि तीन दर्जनभन्दा बढी योजना यो वर्ष कार्यान्वयमा आएको प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वय एकाइ अर्घाखाँचीका प्रमुख बिष्णु मग्रातीको भनाइ छ ।
युवालाई पशुपालनमा आकर्षित गराउन जिल्लामा अनुदान वितरण गर्ने, तालीम प्रदान गर्ने, प्राविधिक सहयोग गर्नेलगायतका कामहरु परियोजनाले गदै आएपनि लगानी अनुसार केहि योजनाहरुबाट प्रतिफल आउन नसकेको ,सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले बताउनु भयो ।

प्रधानमन्त्रि कृषि आधुनिकिकरण परियोजना कार्यान्वय एकाइ जोनको अग्रशरतामा भएको अनुगमनमा जिल्ला समन्वय प्रमुख जीबनारायण कोइराला ,सन्धिखर्क नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भुमिकास्थान नगरप्रमुख झबिलाल थापा, प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, ,कृषि ज्ञान केन्द अर्घाखाँचीका प्रमुख बुद्धिराज घिमिरे, पसुसेवा बिज्ञ केन्द्र, बिष्णु पौडेल,शसस्त्र प्रहरी प्रमुख भिमसेन बोहरा , जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रतिनिधि शेषबहादुर भारती , सन्धिखर्क कृषि शाखाका प्रमुख राजेन्द्र भट्टराई, पशु शाखाका प्रमुख नारायण खनाल , भुमिकास्थान नगरपालिका कृषि शाखाका प्रमुख राम बहादुर थापा लगायतले अनुगमन गरेको हो । पशुपालनतर्फ कृषकको आकर्षण बढेसँगै आवश्यक दूध र मासुजन्य पदार्थको उत्पादन हुँदा जिल्ला आत्मनिर्भरतर्फ उन्मुख बन्दै गएको हो । जिल्लामा खपत भएको भन्दा बढी उत्पादित दूध र मासुजन्य पदार्थ जिल्ला बाहिर पनि निर्यात हुने गरेको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close