आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले आयरल्यान्डलाई हरायो

काठमाण्डौं ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले टेस्ट देश आयरल्यान्डलाई हराउँदै ऐतिहासिक जित निकालेको छ। एसोसियट देश क्यानडाले पहिलो पटक विश्वकप खेलेको हो । गएराति न्यूयोर्कमा भएको खेलमा क्यानडाले आयरल्यान्डलाई १२ रनले हरायो ।

टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । जितका लागि एक सय ३८ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय २५ रन मात्र बनाउन सक्यो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close