इन्डियन प्रिमियर लिग आईपीएलमा चेन्‍नइ सुपर किङ्सको तेस्रो जित

इन्डियन प्रिमियर लिग आईपीएल टी(ट्वान्टी क्रिकेट अन्तर्गत चेन्‍नइ सुपर किङ्सले तेस्रो जित निकालेको छ ।यूएईमा जारी १३ औं संस्करणको खेलमा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादमाथि २० रनको उत्कृष्ट जित हासिल गरेको हो।

जितको लागि १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ८ विकेटको क्षतिमा १४७ रनमात्र बनायो। हैदराबादलाई जितको लागि अन्तिम ओभरमा २२ रन आवश्यक थियो। ड्वेन ब्राभोले अन्तिम ओभरमा १ विकेटका साथ १ रनमात्र दिँदै महत्वपूर्ण दुई अंक पक्का गराए। हैदराबादका मध्यक्रमका ब्याट्सम्यान केन विलियम्सनले ३९ बलमा ७ चौकासहित सर्वाधिक ५७ रन जोडे पनि जितको लागि पर्याप्त रहेन।राशिद खान ८ बलमा १ चौका र १ छक्कासहित १४ रनमा क्याच आउट भएसँगै हैदराबादको झिनो आशा पनि सकिएको थियो।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६७ रन बनाएको थियो। चेन्नईले अन्तिम पाँच ओभरमा ५१ रन जोड्दा ४ विकेट गुमाएको थियो। आठौं खेलमा यो चेन्नईको तेस्रो जित हो।न्युज 24बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close