थप ४ हजार ३ सय ९२ जनामा कोरोना पुष्टि,२१को मृत्यु

सबैको सान्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ३सय ९२ जनामा कोरोना पुष्टि छ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका जनाएको छ ।पछिल्लो २४ घण्टामा १६ हजार ५सय ३१ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यता बितेको २४ घण्टामा ३ हजार५ सय २२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ८८ हजार ४० पुगेको छ ।अब नेपालमा ३७ हजार तीन सय ४२ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।यस्तै बितेको २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close