अर्घाखाँचीमा प्रेस युनियनको केन्द्रीय महाधिवेशन गर्न केन्द्रीय समितिलाई प्रस्ताव

सन्धिखर्क ।नेपाल प्रेस युनियन अर्घाखाँची शाखाको तेस्रो बैठक सम्पन्न भएको छ । सदरमुकाम सन्धिखर्कमा युनियनको मुखपत्र प्रकासन विषयमा बैठक बसेको थियो ।बैठकले यहि फागुन ७ गतेका दिन विकासका लागि सञ्चार नामक स्मारिका विमोचन गर्ने  निर्णय गरेको छ । कार्यक्रम व्यवस्थीत रुपमा सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ ।

साथै फागुन २९ गते( बिहीबार) हुने नेपाल पत्रकार महासंघको साधारणसभालाई सफल रूपमा सम्पन्न गर्न युनियनले सहयोगी भूमिका निर्बाह गर्ने निर्णय गरेको छ । विशेष गरि प्रेस युनियनको आगामी जेठ १३ र १४ गते हुने केन्द्रीय महाधिवेशनको स्थान नतोकिएकाले महाधिवेशन अर्घाखाँचीमा गर्न केन्द्रीय समितिलाई प्रस्ताव गर्ने र युनियन अर्घाखाँची शाखा आयोजक बन्न तयार रहेको बैठकले निर्णय गरेको छ । बैठक प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र केसीको अध्यक्षता र सचिव विष्णुप्रसाद खनालको सञ्चालनमा सम्पन्न बैठकमा युनियनका सल्लाहकार नीमबहादुर रिजाल, पुर्बअध्यक्ष एव सल्लाहकार सुर्यप्रसाद भुसाल, पार्सद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थितिमा बैठक सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close