ढोरपाटन सडक अन्तर्गत सन्धिखर्कको नौलापानीमा यातयातका साधन आवतजावतमा समस्या

अर्घाखाँची ।सालझण्डीदेखि सन्धिखर्क हुँदै बागलुङको ढोरपाटन जोड्ने सडक अन्तर्गतको सन्धिखर्क ९ को नौलापानीमा केहि महिना अघि बेमौसमी बर्षाका कारण गएको पहिरोले गर्दा सडक हिलो हुँदा यातयातका साधन आवतजावतमा समस्या भएको छ । आज दिउँसो करिव २ घण्टा सडक नै अवरुद्व भएको बताएको छ ।अवरुद्व सडकलाई खुलाईएको बताएता पनि सडक बढी हिलो भएकाले अझै सहज तरिकाले यात्रा गर्न अप्ठारो भएको गाडी चालकको भनाई छ ।
कमेन्ट गर्नुहोस !