सन्धिखर्कमा पनि जिम हाउसमा भर्ना हुनेको संख्या बढ्दो

सुर्य भुसाल ,सन्धिखर्क ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क नगरपालिका १ मा संचालन गरेको जिम हाउसमा आज भोली भर्ना हुनेको संख्या बढ्दै गएको छ ।सन्धिखर्कको गुन्टेखोलामा युवा व्यवसायी दिपक कुमार श्रेष्ठले संचालन गरेको अर्घाखाँची फिटनेस क्लब तथा जिम हाउसमा अहिले दैनिक बिहान बेलुका दिउँसो गरि करिव ४० जना भर्ना भएको बताएको छ ।यस अघि २० देखि ३० जनाको संख्या हुने गरेकोमा अहिले बढेर ४० पुगेको हो ।
करिव १ एक करोड लगानीमा जिम हाउस संचालनमा ल्याएको संचालक श्रेष्ठको भनाइ छ । उहाँले अटोमोबाईल्स पनि संचालन गदै आउनुभएको छ ।
“स्थानीयस्तरमा जिम हाउस संचालन हुनु स्वागतयोग्य विषय हो–,शरीर मजबुत र आकर्षक बनाउन मात्र होइन,स्वस्थ र अनुशासनमा रहन पनि सहयोग पु¥याएको हुन्छ । स्वास्थ्यका लागि दैनिक केहि समय छुट्याउन पनि सवैसंग आग्रह गरिएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close