अर्घाखाँचीको मालारानी गाउँपालिकाले १५ शैयाको अस्पताल बनाउँदै

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीका ६ वटा स्थानीय तह मध्ये मालारानी गाउँपालिकाले स्थानीयतहमा पहिलो पटक १५ शैयाको अस्पताल निर्माण गर्ने भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट चालु आर्थिक बर्ष २०७७÷७८ को लागी १ करोड ४४ लाख रकम गाउँपालिकामा आईसकेकाले अब केही दिनमा काम सुरु हुने।गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो ।उहाँका अनुसार अन्य स्थानीय तह भन्दा हाम्रो पालिकामा ४४ लाख बजेट बढी आएकाले अस्पताल निर्माण कार्य छिटो हुन लागेको उहाँले बताउनुभयो ।२०६८ को जनगणना अनुसार २८ हजार ४४ जनसंख्या रहेको पालिकाका नागरिक गाउँमै स्वस्थ्य सेवा पाउने भएपछि खुशी भएका छन ।सेवाका लागी छिमेकी जिल्ला गुल्मीका केही नागरिक पनि लाभान्वित हुने छन
कमेन्ट गर्नुहोस !