मालारानी गाउँपालिका द्वारा छुट्टै लोगो सार्वजनिक

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकाले आफ्नै पालिकाको छुट्टै लोगो सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नै पालिकाको लोगो प्रयोगमा ल्याउनको लागि भन्दै सर्वसाधारण लाई नमुना पठाउन भन्दै केहि दिन अघि सुचना जारी गरेको थियो ।सोहि अनुसार पालिकाको पहिचानलाई समटिएर लोगो आज सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनुभयो। आवेदक १८ जना सहभागीता रहेता पनि ४५ ओटा लोगो कार्यालयमा प्राप्त भएका थियो ।जसमध्ये ३ वटा आवेदकको सर्ट लिस्ट निकाली परिमार्जन गर्ने समय दिँदा २ जना आवेदकको आएको र सोही अनुसार एउटाको छनौट गर्दा गुल्मीको रेसुङ्गा नगरपालिकाका ईश्वर बिकको लोगो सर्वोत्कृष्ठ ठहरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु घर्तीले जानकारी दिनुभयो ।उहाँका अनुसार ६३ औ कार्यपालिका बैठकले लोगो २०७७÷०७÷०२ गते देखि लागु हुने गरि गाउँपालिकाले पारित समेत गरेको बताउनुभयो ।बिजेता लाई पालिकाको निर्णय बमोजिम पुरस्कार केही दिनमा हस्तान्तरण गरिने पनि घर्तीले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !