भैरहवाको एभरेष्ट आयल सप्लायर्समा आगलागि

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ स्थित एभरेष्ट आयल सप्लायर्समा ट्यांकरबाट इन्धन अनलोड गर्ने क्रममा सट भएर ट्यांकरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्क बहादुर खत्रीले जानकारी दिए ।लु २ ख १५४१ नम्बरको टंयाकरबाट पेट्रोल पम्पमा पेट्रोल खनाउने क्रममा सोमबार राति करिब साढे ७ बजे आगलागि भएको थियो । पेट्रोल पम्पमा लिटर इन्धन खनाउन सुरु गर्नासाथ आगलागि भएको थियो । आगलागिबाट टंयाकर जलेर पूर्ण रुपमा क्षति भएको छ ।आगलागिबाट टंयाकर जलेर पूर्ण रुपमा क्षति भएको छ । घटनास्थलमा प्रहरी खटिएको छ ।
कमेन्ट गर्नुहोस !