प्युठानमा बस दुर्घटना चालकको मृत्यु ,३ घाईते

प्युठान— तिराम–मुर्कुटी सडकअन्तर्गत प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन।माण्डवि गाउँपालिका २ तिरामबाट दाङको घोराही तर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ख ५५६१ नं को बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना परेको घटनास्थलमै रहेका प्रहरी जवान डिल्ली बिकले जानकारी दिनुभयो । उहाका अनुसार मृत्यु हुनेमा दाङ घर भएका बस चालक ४० बर्षीय तारा राना रहेका छन। त्यस्तै, प्युठानको माण्डवि – १ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमी खत्री र दाङको बंगलाचुली गाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते हुनुभएको छ । उहाहरुको अबस्था गंभीर छ।घाइते सबैलाई उपचारका लागि दाङ पठाईएको उहाँले जानकारी दिनुभयो ।कामना दैनिक बाट

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close