थप ३ हजार ६ सय ३७ जना मा कोरोना पुष्टि,हाल सम्म १ लाख भन्दा बढीले कोरोना जिते

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय३७ जनामा कोरोना पुष्टि भएको छ।योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १ लाख ४८ हजार ५सय९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।यस्तै बितेको २४ घण्टामा३ हजार २ सय१५ जनाले कोरोना जितेर डिस्चार्ज भएसँगै निको हुनेको कुल सङ्ख्या १ लाख २ हजार ८ सय २० पुगेको हो ।पछिल्लो २४ घण्टामा १५ हजार दुई सय ५५ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।अब नेपालमा ४४ हजार ८ सय७७ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा २१ जनाको मृत्यु भएसँगै कोरोना सक्रमण बाट मृत्यु हुनेको संख्या ८ सय १२ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कमेन्ट गर्नुहोस !