मालारानी ३का वडा अध्यक्ष खनाल द्वारा दशै भत्ता वापत रकम कोरोना कोषमा जम्मा

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीको मालारानी गाउँपालिकामा एक वडा अध्यक्षले दशै भत्ता वापत आएको रकम कोरोना कोषमा जम्मा गर्नुभएको छ । कोषमा रकम जम्मा गर्नेमा गाउँपालिकाको वडा नम्बर ३का वडा अध्यक्ष शोभाखर खनाल हुनुहुन्छ ।उहाँले नेपाली काँग्रेस बाट सोहि वडामा जित्नुभएको थियो । स्थानीय स्तरमा पनि कोरोना रोकथामको लागि केही भएपनि सहयोग होस तथा नेपाली काँग्रेस संसदीय दलले आफ्नो दलबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्राप्त दशैं भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरे अनुसार आफुले प्राप्त गरेको दशैं भत्ताबापतको रकम ११ हजार ८ सय ८० रुपैयाँको चेक मार्फत रकम गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचार्य,उपाध्यक्ष प्रमिला क्षेत्री,योजना शाखा प्रमुख नेत्र खनाल लाई कोरोना राहत कोषमा रकम जम्मा गर्न चेक हस्तान्तरण गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस !