सिपिएल खेल्न सन्दिप वेस्टइन्डिज जाँदैं

सबैको सन्देश काठमाण्डौं ।
सन्दीप लामिछाने बिहिबार १० बजे विहान कोरियन एरलायन्सको चार्टर्ड उडानबाट अमेरिका हुँदै शनिबार सम्म वेस्टइन्डिजको सिपिएल आयोजना हुने स्थानमा जानेछन् । मंगलबार कोरोना परिक्षण गराएका सन्दीपको रिपोर्ट नेगेटिभ आएसँगै उनी जाने निश्चित भएको हो तर उनी १४ दिन भने क्वारेन्टाइनमा बस्ने छन् ।
कोरोना भाइरसका कारण नेपालले अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छ जसका कारण सिपिएल खेल्न जाने सन्दिपको सम्भावना अन्यौलमा रहँदै आएको थियो । गत असारमा भएको ड्राफ्टमा सन्दीपलाई जमैका तलावाजले एक करोड नेपाली रुपैयाँ भन्दा बढी मूल्यमा अनुबन्ध गरेसँगै उनी त्यतातर्फ जान लागेका हुन् ।
कमेन्ट गर्नुहोस !